दाङ, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले कोरोना संक्रमण नभए नभएको जाचँ गर्न स्वाब लिन बन्द गरेको छ । बुधवार तुलसीपुर उपमहानरबाट संकलन गरिएको ४५ जना स्वाब प्रतिष्ठानले परिक्षण नगर्ने भन्दै फिर्ता पठाएको हो । त्यसैगरी प्रतिष्ठानबाट फिर्ता भएको स्वाब परिक्षणको लागी बिहीवार काठमाडौ पठाउन लागिएको तुलसीपुर उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।
‘ हामीले बुधवार स्वाब परिक्षणको लागी ४५ जनाको पठाएको थियौंँ ,’ उनले भने ,‘ अब प्रतिष्ठानले स्वाब परिक्षण नगर्ने भनेर माथीबाट आएको छ, भनि फिर्ता पठायौँ, तर के कारण पठाएको हो कुनै आधिकारी जानकारी दिएको छैन् ।’ तुलसीपुरमा अहिले सम्म वडाध्यक्ष सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य १० जना निको भएर घर गएको उनले बताए ।
आज सम्म उपमहानगरमा १८५ जना क्वारेन्टाइनमा बसेका छन्,भने ति मध्य ४५ जनाको स्वाब संकलन भएको फोकल पर्सन केसीले बताए । त्यसैगरी तुलसीपुर ७ का वडाध्यक्षलाई कोरोना संक्रमण भएपछि उहाँको कन्ट्रायाक टे«सिङ गर्दा अहिले सम्म घरपरिवार, वडा कार्यालयका कर्मचारी लगाएत अन्य गरी ६७ जना पुगेको उनले बताए । यसैविच स्वाब फिर्ताको विषयममा प्रतिष्ठानमा यस बारेमा कुरा गर्न बुझ्न खोज्दा प्रतिष्ठानका जिम्मेवारी व्यक्तिहरु सम्पर्कमा आउन चाहेनन् ।
यता प्रतिष्ठानले स्वाब फिर्ता पठाएपछि तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे प्रतिष्ठान जस्तो प्रतिष्ठित संस्थाले अहिलेको यस्तो अवस्थामा यस गर्न नहुने उनले बताए । उनले प्रतिष्ठानमा केही समस्या भए संघ र प्रदेश सरकार सम्बोधन गर्नु पर्ने समेत बताए ।
‘ प्रतिष्ठानले केही समय अगाडी दाङका स्थानियतहरुलाई पैसा ठाउँन पत्र पठाएको थियो,’ उनले भने ,‘ संघ र प्रदेश सरकारसंग समन्वय गरौँ , हामीलाई पैसा पठाउँन कुनै गाह्रो होइन्, तर पैसा पठाउँनुको कारण स्पष्ट हुनु प¥र्याे ।’ संघिय र प्रदेश सरकारले सवा करोड भन्दा बढि पैसा र २ वटा पिसीआर मेसिन परिक्षण गर्नको लागी सहयोग गरेको छ ।
तर त्यसले पनि नपुगेको भए संघ र प्रदेश सरकारले ब्यवस्थापन गर्ने समेत उनले बताए । त्यसैगरी स्बाव फिर्ता पठाएको विषयमा संघिय सरकार र प्रदेश सरकारलाई जानकारी गराएको समेत उनले बताए ।
प्रतिष्ठानले स्वाब फिर्ता पठाएपछि यसो भन्छन्, तुलसीपुरका मेयर पाण्डे