
शरद रेग्मी
तुलसीपुर, १८ आसार : आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख लिला प्रसाद शर्मा सहसचिबमा बढुवासंगै सरुवा भएपछि बिहिबार बिदाई गरिएको छ ।
तुलसीपुर उद्योग बाणिज्य सघं लगाएतका सघंसस्थाहरुले सहसचिब शर्माको बिदाई गरेका हुन् । सो अबसरमा बोल्ने बक्ताहरुले शर्माको दाङ बसाईका क्रममा ब्यसायि र कर कार्यालयका बिचमा सुमधुर सम्बन्ध कायम रहेको भन्दै कार्यालय प्रमुखको प्रशसा गरेका थिए ।
संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख शर्माले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यबाद ज्ञापन गरे ।
सो अबसरमा शर्माले आफु जहाँ भएपनि सहयोगी र समन्वयकारी भुमिकामा रहने प्रतिबद्ताद्ध ब्यक्त गरे ।
कार्यक्रममा सघंका निबर्तमान अध्यक्ष बिमल रिजाल,बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण सचिब बिनिल केसीले गरेका थिए ।