मोटरसाईकल दुर्घटनामा परि एक महिलाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असार १८ गते बिहिवार


दाङ : दाङमा मोटरसाईकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । विहीवार विहान साढे ९ बजेतिर तुलसीपुरबाट भमके तर्फ जाँदै गरेको गरेको रा ५प ८०९५ मोटरसाईकल र पश्चिमबाट तुलसीपुर तर्फ आइरहेको रा५प ६५२५ नम्बरको मोटरसाईकल तुलसीपुर ८ अश्वाराको उकालोमा एक आपसमा ठोक्कीदा रा५प ६५२५ नम्बरको मोटरसाईकलमा पछाडी सवार शान्तिनगर गाउँपालिका १ निवासी ४८ बर्षकी पवि डाँगीको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

त्यसैगरी मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका १ बगीया निबासी २० बर्षका शंकर परियार र रा ५ प ८०९५ मोटरसाईकल चालक तुलसीपुर २ भमके निबासी ३० बर्षका गुरु प्रसाद चौधरी र पछाडी बसेका तुलसीपुर दुधेना निबासी ३२ बर्षका पुनाराम चौधरी घाईते भएका थिए । दुर्घटनामा परि डाँगी गम्भिर घाईते भएकी थिए ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागी बाँकेको कोहलपुर पठाईएको थियो । डाँगीको उपचारको क्रममा दिउँसो कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं पहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए । अन्य घाईतेहरु डिस्चार्ज भएको र गुरु प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार