दाङमा विहिवार थप २ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार १८ गते बिहिवार


दाङ : दाङमा विहिवार थप २ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसीआर विधीबाट स्वाब परिक्षण गर्दा घोराही उपमहानर १९ का २९ बर्षीय १ पुरुष र दंगीशरण गाउँपालिका ७ का ३६ बर्षीय १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा १४३ नमुना परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल सम्म प्रतिष्ठानमा दाङ लगाएत विभिन्न जिल्लाबाट कोरोना परिक्षणको लागी १४ हजार ९९३ स्वाब आएकोमा १४ हजार ८७५ जनाको परिक्षण गर्दा ७७३ जनामा कोरोना पुष्टि भएको छ, भने १४ हजार १०२ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिए । अब प्रतिष्ठानमा ११८ जनाको स्वाब परिक्षणको क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार