सांकेतिक तस्बिर
दाङ : तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन्।
तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ । घर खोज्न हिँड्यौँ । पत्ता लगाउन मुस्किल प¥यो । पछि पत्ता लाग्यो । कोठामा पुग्दा उनको मृत्यु भैसकेको थियो ’, उनले भने , ‘उनी माइतीमा बस्दै आएको खुलेको छ । बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।’घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।