
दाङ : दाङमा यस बर्ष करिब ३७० सय हेक्टर जमिन र बस्ती सयौँ घरपरिवार खोलाको जोमिखबाट संरक्षण हुने भएको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तुलसीपुर दाङका अनुसार जिल्लामा चालु आर्थिक बर्षमा ६ वटा नदि तथा खोला ब्यवस्थापनमा क्रमागत रुपमा काम भईरहेको हुदाँ हाल यस बर्ष ३७० हेक्टर जमिन र करिब सयौँ बस्तीहरु संरक्षण हुने कार्यालयका प्रमुख गणेश मरासेनीले बताए ।
चालु आर्थिक बर्षमा क्रमागत रुपमा बहुला खोला, तुलसीपुरको पातुखोला, घोराहीको सवार गुज्रे खोला , देउखुरी क्षेत्रमा दोलाई खोला, कक्रवा खोला र सिक्रवा खोलाको प्रदेश सरकार र संघिय सरकारको अनुदानबाट काम भईरहेको समेत उनले बताए । कार्यालय जिल्लामा मझौला खालका नदि ब्यवस्थापन र सिंचाई योजनामा काम गर्दै आईरहेको समेत प्रमुख मरासेनीले बताए । संघिय सरकारको सर्सत अनुदान अन्र्तगत देउखुरी क्षेत्रका दोलाई खोला, कक्रवा खोला र सिक्रवा खोला ब्यवस्थापन कार्य भईरहेको उनले बताए ।

त्यसैगरी तुलसीपुरको पातुखोला, पश्चिम दाङको बहुला खोला र घोराहीको सवार गुज्रे खोलामा ब्यवस्थापनमा प्रदेश सरकारको अनुदान तर्फबाट भईरहेको समेत उनले बताए । आगामी आर्थिक बर्षमा यि सबै योजना पुरा हुनेर त्यसबाट करिब ३ हजार हेक्टर खेती योग्य जमिन र ३५ सय घरधुरी संरक्षण हुने प्रमुख मरासेनीले बताए ।
पश्चिम दाङको बहुला खोलाले सबै भन्दा बढि खेती योग्य जमिन कटाए गरेकाले त्यहाँ धेरै जमिन सुरक्षित हुने र तुलसीपुरको पातुखोलामा बजार क्षेत्र भएकाले धेरै बस्ती सुरक्षित हुने उनको भनाई छ । पातुखोलामा ३ किलोमिटर तटबन्ध गर्नको लागी १९ करोड ९६ लाख ९ हजारको अनुमानित लागत भएता पनि अहिले सम्म २ किलो मिटर १० करोडको लागतमा सम्पन्न भएको र आगामी बर्ष यो काम पुरा हुने र यसमा कुल १३ करोड लागत लाग्ने उनले बताए ।

यो योजना सम्पन्न भए ४९५ घरपरिवार सुरक्षित हुने र अहिले निर्माण सम्पन्न भएको कामले ३७० घरधुरी सुरक्षित रहेको उनले बताए । त्यसैगरी दाङको देउखुरी क्षेत्रको दोलाई खोला ब्यवस्थापन यस आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्य भएता पनि लकडाउनका कारण अहिले सम्म करिब ८५ प्रतिशत काम सम्पन्न भएको र आगामी आर्थिक बर्षमा त्यो योजना पुरा हुने कार्यालय प्रमुख मरासेनीले बताए । साढे ११ किलोमिटरमा तटबन्ध गर्नको लागी सम्झौता रकम करिब ७० करोड भएता पनि करिब ४० करोडमा उक्त काम सम्पन्न हुने र अहिले सम्म ३३ करोड भन्दा बढि खर्च भएको उनले बताए । त्यसैगरी देउखुरी क्षेत्रमा खोला तबन्ध सम्पन्न भएपछि करिब १७५० हेक्टर जमिन र हजारौँ बस्तीहरु सुरक्षित रहेन समेत उनले बताए ।

दाङमा कुल खेती योग्य जमिन ६९ हजार ५ सय हेक्टर भएता पनि ६५ हजार ५ सयमा खेती हुदै आएको छ । त्यस मध्य ५८ हजार ८६२ हेक्टरमा सिंचाई उपलब्ध भएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङले जनाएको छ । त्यसैगरी कार्यालयले चालु आर्थिक बर्षमा ३० वटा क्रमागत रुपमा कार्यान्वयमा रहेका र ति योजनाहरु सम्पन्न भएपछि थप ६ हजार हेक्टरमा सिंचाई पुग्ने जसको लागत ६० करोड रहेको प्रमुख मरासेनीले बताए ।
ति योजना मध्य ७ वटा योजना चालु आर्थिक बर्ष सम्म सम्पन्ने हुने र बाँकी आगामी आर्थिक बर्षमा हुन समेत उनले बताए । त्यसैगरी आलु आर्थिक बर्षमा प्रदेश सरकारको सहयोगमा दाङमा घोराहीमा ३ वटा जलाशय पोखरी निर्माण भएको समेत उनको भनाई छ ।
