• २०७७ फाल्गुन १५ गते शनिवार

बर्दियामा बबई नदीमा आएको बाढीले दम्पती बगायो

Author Logo..
२०७७ असार २७ गते शनिवार

सांकेतिक तस्बिर

बर्दिया : बर्दियाको बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४, बगनाहाका एक दम्पती नदीमा बेपत्ता भएका छन् । बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४ बगनाहा गाउँका ३२ वर्षीय जीतबहादुर थारु र उहाँकी श्रीमती २६ वर्षीया राजकुमारी थारु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले बताए।

उपरीक्षक रजौरेका अनुसार बबई नदीको खैलार बनकट्टी घाट नजिक आज बिहान १० बजे तिर उनीहरु नदीमा बगिरहेको दाउराहरु टिपेर नदीको छेउमा आउने क्रममा नदीमा पानीको बहाव बढेर दम्पतीलाई बगाएको जानकारी दिए।

ती दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि आफूहरुलाई खबर गरेको बर्दिया प्रहरीले जनाएको छ । बबई नदीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि, स्थानीयबासीन्दाले खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार