• २०७७ फाल्गुन २३ गते आइतवार

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट थप ८ जना डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ असार २७ गते शनिवार

तुलसीपुर : कोरोना विशेष अस्पताल बेलझुण्डीबाट थप ८ जना संक्रमित डिस्चार्ज भएका छन ।
तुलसीपुरका ७ र बबई गाउँपालिकाका १ जना गरी ८ जना निको भई घर पठाईएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् ।

बेलझुण्डीमा अझै ४७ जना संक्रमितको उपचार भईरहेको छ । उनीहरु सवै दाङका जिल्लाका बासीन्दा रहेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका ४९ कोरोना संक्रमित मध्ये ३४ जना कोरोनामुक्त भएका छन् । संक्रमण नेगेटिभ भएर बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालबाट अहिलेसम्म डिस्चार्ज भएका हुन् ।

शनिवार मात्रै ७ जना कोरोना संक्रमण नेगेटिभ भएर घर फर्किएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । उनले संक्रमित अन्यको अवस्था पनि सामान्य रहेको वताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार