तुलसीपुरमा लकडाउन राउण्ड टेवल

‘अव यो र उ संगठनका नाममा एकले अर्कोलाई बदनाम गर्ने अभ्यास हुने छैनन’
Author Logo..
अनलाइन राप्ती २०७७ असार १७ गते बुधवार


शरद रेग्मी


तुलसीपुर १७ असार
: समुदायमा कोरोना भाइरस संक्रमणको जोखिम कत्तिपनि कम भएको छैन । आर्थिक बर्षको अन्तमा व्यवसायीलाइ कारोवार पनि नगरी भएकै छैन । यी दुवै सवालमा तुलसीपुरमा दुइवटा राउण्ड टेवल आयोजना गरीए । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, तुलसीपुर च्याम्वर र नेपाल राष्ट्रिय व्यापार संगठनका पदाधिकारीहरुको संयुक्त बैठकले तुलसीपुर बजार जसरी पनि असार मसान्तसम्म सहज रुपमा खोल्नकालागी स्थानिय सरकार र स्थानिय प्रशासनलाइ आग्रह गरीयो ।


उता उपमहानगरपालिकाले भने तुलसीपुर वडा नंं ७ का वडाध्यक्ष टोपबहादुर केसीलाई कोरोना पोजेटिभ देखिएसंगै वडा कार्यालय सिलगरिएको छ । उनका परीवारको पनि कन्ट्याक्ट ट्रेसिङ गरींदै छ भने उपमहानगरपालिकाको कार्यालयलाइ पनि सेनीटाइज गरिएको छ । कन्ट्यांक ट्रेसिङको रिपोट हेरेर मात्रै बजार खोल्ने वा शिल गर्ने मनस्थीतिमा स्थानिय सरकार रहेको छ । हेरौं तुलसीपुर बजार खुल्ला कि शिल होला ।

’संक्रमण फैलिएकै अवस्थामा बजार मात्र होइन, बैंक, विद्युत र आन्तरीक राजश्व कार्यालयलाइ समेत शिल गरीनुपर्दछ, अन्यथा व्यापार मात्रै बन्द गरेर कुनै अर्थ छैन’, तुलसीपुर उद्योग वाणिज्यसंघमा बुधवार विहानको संयुक्त व्यवसायीहरुको छलफलमा संघका अध्यक्ष विरु रावतले भने । असार मसान्त आम व्यवसायीहरुको महत्वपुर्ण पर्व भएकाले खाता बन्द र नयां सन्चालनका लागी पनि बजार खुल्नुपर्ने व्यवसायीहरुको धारणा थियो ।


छलफलकै क्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक प्रसाद खरालले आफु कुुनैपनि पक्षमा बजार बन्द गर्नुपर्दछ भन्नेमा नरहेको अडान राखेका थिए । ‘स्थानिय सरकार र स्थानिय प्रशासनले असार मसान्त सम्म पनि बजारलाइ खुल्न नदिए व्यवसायीहरु सडकमै आउने पनि सक्छन’, खरालको चेतावनी थियो । छलफलकै क्रममा तुलसीपुर चेम्वर अफ कमर्शका अध्यक्ष टोप वहादुर घर्तिले पनि बजार खोल्नुपर्ने व्यवसायीको मागलाइ स्थानिय सरकारले पुर्णत सम्वोधन गर्नुपर्ने धारणा राखेका थिए । निवर्तमान अध्यक्ष विमल रिजालले कोभिडलाइ परास्तगर्दै असार मसान्तसम्म बजार खुल्ला गराउनुपर्ने बताएका थिए ।

अहिले बजार जुन रुपमा खुलेको छ, त्यसलाइ कम्तिमा पनि सांझ ५ बजेसम्म लैजानुपर्ने पनि व्यवसायीहरुको धारणा रहेको थियो । ‘कोरोनाको संक्रमणबाट जोगिएरै व्यापार व्यवसाय सन्चालन गर्नुपर्दछ, किनकि असार मसान्तलाइ हामीले जसरी पनि सहज रुपमा धकेल्नु छ’—निवर्तमान अध्यक्ष रिजाल भन्छन् ।


उद्योग वाणिज्य संघका को अगुवाइमा सर्वपक्षिय व्यवसायी वार्ता उद्योग वाणिज्यसंघकै कार्यालयमा भएको थियो । सवै व्यवसायीक संगठनका प्रतिनिधिहरु सम्मिलित वार्ताले बजारलाइ सहज बनाउने मात्र होइन, व्यवसायीक एकतालाइनै मज्वुत पनि बताएको सन्देश पनि वाहिर आएको छ । ‘अव यो र उ संगठनका नाममा एकले अर्कोलाइ बदनाम गर्ने अभ्यास हुने छैनन’—युवा व्यवसायी दामोदर भण्डारीले भने । दिउसो १२ बजे सम्म मात्र खोल्दा भन्दा दिनभरी खोल्न सकिए भिडभाड पनि कम हुने तथा सामाजिक दुरी कायम गरेरैपनि व्यापार व्यवसाय सन्चालन सहज हुने पनि राउण्ड टेवलका निस्कर्ष थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार