दाङमा पनि सलहको प्रकोप, ढ्यांग्रो ठोक्दै भगाउँदै (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ असार १७ गते बुधवार

तुलसीपुर : सलह किराको बथानले दाङका विभिन्न स्थानको अन्नबालिमा क्षति पुर्याएको छ । तुलसीपुर, घोराही, लमही, बंगलाचुली, शान्तिनगर लगाएतका विभिन्न स्थानको अन्नबालिमा क्षति पु¥याएको हो । दाङको तुलसीपुर १२ कचिलाका खुशीराम चौधरीले मकैबारी भरी नै सलह किराले आक्रमण गरेको बताउनु भयो । उक्त क्षेत्रका करिब ६ सय विगाह जमिनमा रोपिएको मकैमा उक्त सलह देखा परेको समेत बताए ।


सोही ठाउँका लक्ष्मण चौधरीले सलह किराले मकै नष्ट गर्दै जादाँ आफु चिन्तित भएको बताउनुभयो । उहाँले पहिलो पटक यो किरा देखेको बताए । यो किराले मकैलाई नष्ट गरिदिए आफुहरुले के खाने भन्दै दुखेसो ब्यक्त गरे । अहिले मकैलाई खादैछ, त्यसपछि धान खान्छ होला भन्दै चिन्ता ब्यक्त गरे ।

दाङ जिल्लामा मंगलवार दिउँसो देखि ठुलो संख्यामा सलह किरा प्रवेश गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । दाङका १० वटै स्थानियतहमा यो किरा देखा परेको केन्द्रका कृषी प्रसार अधिकृति भरतमणि पोखरेले बताए । जिल्लाका केही ठाउँमा २५ प्रतिशत मकै बालीमा किराले क्षति पु¥याएको केहीमा आजदेखि क्षति गर्न लागेको समेत उनले बताए ।

https://www.youtube.com/watch?v=8V7kxPTr1Y8

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार