नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाध्यो, मुत्यु हुनेको संख्या ३०

Author Logo..
२०७७ असार १७ गते बुधवार

काठमाडौं, १७ असार : नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको हो । बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । कुल संक्रमित मध्ये महिला १ हजार ७ सय ७४ र र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् ।

त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट बुधवार पोजेटिभ आएको हो । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमित मध्ये २ हजार ६१ जना १८ वर्षमुनिका संक्रमित रहेको उनले बताए । सुदूरपश्चिममा अहिलेसम्म १ सय ७५ जना संक्रमित ९ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन् ।

पीपीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख ३३ हजार २ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म ३ लाख ६ सय २० जनाको परीक्षण भएको छ ।

अहिले देशभरीका क्वारेन्टिनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ३ सय ६० जना उपचाररत रहेका छन् । बुधबारसम्म ४ हजार ६ सय ५६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार