• २०७७ कार्तिक १३ गते बिहिवार

लायन्स क्लब अफ दाङको अध्यक्षमा : हमाल

Author Logo..
२०७७ असार २६ गते शुक्रवार


शरद रेग्मी
तुलसीपुर
: लायन्स क्लब अफ दाङको अध्यक्षमा युवा ब्यबसायि सुरेश हमाल चयन भएका छन् । लायन बर्ष २०२०–२१ का लागि हमाल निर्बिरोध निर्बाचित भए सगै बिहिबार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै लियो क्लब अफ दाङको अध्यक्षमा पत्रकार सन्तोष केसी र लायन्स क्लब अफ दाङ त्रिशिद्धेश्वरी को अध्यक्षमा यमुना शाह चयन भएका छन् ।


बर्ष १९–२० का अध्यक्ष यज्ञ बहादुर केसीको अध्यक्षता एंव डिष्ट्रिक कोचिफ एडभाईजर बिनोद कुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको पदस्थापन कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक सेवामा लायन्स क्लब अफ दागको भुमिका अहम भएको बताएका थिए ।


बक्ताहरुले आँखा शिबिर देखि समाजमा हुने हरेक अभियानमा लायन्स क्लबले अग्रणी भुमिका खेलेको भन्दै प्रशसा समेत गरेका थिए । कार्यक्रममा एरिया चिफ युवराज थपलिया,निबर्तमान एरिया चिफ लब अधिकारी ,तुलसीपुर उद्योग बाणिज्य संघका पूर्र्व अध्यक्ष बिमल रिजाल लगाएतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण सचिब बिनिल केसीले गरेका थिए ।


यस अघि बुधबार हमाल रोटरि क्लब अफ तुलसीपुर सिटिको अध्यक्षको पदभार समालेका थिए । बर्ष २०२० र २१ का लागि दुबै संस्थाको नेतृत्व हमालले समालेका छन्

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार