• २०७७ कार्तिक ६ गते बिहिवार

झाडा पखालाबाट बचाउन घोराहीमा बच्चालाई रोटा खोप

Author Logo..
२०७७ असार २६ गते शुक्रवार


घोराही, २६ असार : बालबालिकालाई झाडापखालाबाट बचाउन घोराही उपमहानगरपालिकाले रोटा खोप सञ्चालन गर्ने तयारी गरेको छ । आगामी साउन देखी १५ महिना मुनीका बालबालिकालाई अभियान सञ्चालन गरेर रोटा खोप लगाउने तयारी गरेको हो ।

त्यसका लागि उपमहानगरको स्वास्थ्य शाखाले शुक्रवार स्वास्थ्यकर्मीहरुलाई तालिम र योजना तजुर्मा गोष्ठी गरेर अभिमुखिकरण गरेको छ । झाडापखालाबाट बचाउन उपमहानगरले करिब १६ हजार बालबालिकालाई रोटा खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।

एक तिहाई बालबच्चा जलवियोजन भई समस्यामा पर्ने गरेको भन्दै उनले ६ हप्ता र १० हप्तामा एक एक पटक खोप लगाईने जानकारी दिए । कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले निरोगी र सक्षम व्यक्ति बनाउन गर्भ देखी नै खोप अभियानमा ध्यान दिनुपर्ने बताईन् ।

विभिन्न रोग बिरुद्ध लगाईने खोपलाई अनिवार्य बनाउन सके मात्रै बालबालिका निरोगी र सक्षम नागरिक बन्ने उनको भनाई छ । स्वास्थ्य र निरोगीतालाई सुनिश्चित गर्न स्वास्थ्यकमीको ठूलो जिम्मेवारी रहेको भन्दै स्वास्थ्यकर्मीको खटाई र कामको प्रशंसा गरिन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका क्षय तथा कुष्ठ अधिकृत डम्बर कुँवरले बालबालिकालाई लगाईने विभिन्न खोपको अनिवार्यतामा जोड दिए । खोपकै भरमा रोग सँग लड्न सक्ने क्षमताको विकास हुने भन्दै अभिभाबक र स्वास्थ्यकर्मीको समान दायित्व हुने बताए । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखाका ठाकुर खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार