• २०७७ फाल्गुन १९ गते बुधवार

तुलसीपुरमा ज्यान मार्ने उद्योगमा फरार २ अभियुक्त पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असार २६ गते शुक्रवार

तुलसीपुर : ईलाका प्रहरी कार्यालय तुलसीपुरले ज्यान मार्ने उद्योगमा फरार रहेका २ जनालाई पक्राउ गरेको छ । २०७६ माघ ४ गते तुलसीपुर ६ का २२ बर्षका जीत बहादुर मल्ललाई तुलसीपुर १२ कप्रादेवीमा ज्यान मार्ने उदेश्यले ५ जना युवाहरु खुकुरी प्रहार गरी घाईते बनाई फरार भएका थिए ।

तुलसीपुर ५ का १९ बर्षीय खिम बहादुर बिक, सोही ठाउँका १९ बर्षीय दिलिप परियार, २० बर्षीय चुर्ण बहादुर मगर , २० बर्षीय निराजन खड्का र २० बर्षीय रोशन थापामगरले मल्ललाई धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।

तत्काल प्रहरीले खिम बहादुर र दिलिपलाई पक्राउ गरेको थियो । खिम बहादुर नाबालक भएकोले साधारण तारेखमा छुटेको र दिलिपलाई २५ हजार धरौटीमा अदातलतले छोड्न आदेश दिएको भएता पनि उक्त धरौटी तिर्न नसकी कारागार चलान भएका थिए ।

त्यसैगरी सोही घटनामा अन्य फरार रहेका चुर्ण बहादुर, निराजन र रोशनलाई खोज तलास गर्ने क्रममा यहि २५ गते खड्का र थापामगरलाई तुलसीपुर बसपार्कबाट पक्राउ गरेको
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डमरपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार