• २०७७ कार्तिक १३ गते बिहिवार

तुलसीपुर उपहानगरले ३ उत्कृष्ट सम्मान पायो : मेयर पाण्डे

Author Logo..
२०७७ असार २५ गते बिहिवार


तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेलाई स्थानीय तहको निर्वाचन पछि ३ पटक उत्कृष्ट भएको बताए । विहिवार स्थानीयत तहमा जनप्रतिनिधिहरु आएको ३ बर्ष पुगेको अबसरमा उपमहानगरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै मेयर पाण्डेले

उनले २० बर्ष देखि रिक्त रहेको स्थानीय तहको कार्य सम्पादन तथा मूल्याकनमा मुलुकभर अन्तिम स्थानमा हुने उपमहानगरपालिका स्थानीय तहको ३ बर्ष पुग्दा नेपाल सरकार सहरी विकास मन्त्रालयले प्रत्येक बर्ष गर्ने नागरिकको सेवामा उत्कृष्ट नगरपालिका घोषणा, स्मार्ट सिटिको अवधारणमा शुरु गरीएको अनलाईन सिस्टम मार्फत सवै वडामा पञ्जिकरण सेवा सञ्चालन गरेबार्फत उत्कृष्ट उपमहानगरपालिका र युवा राष्ट्रिय परिषद्ले युवा मैत्री नगर तुलसीपुर उपमहानगरपालिकाको रुपमा सरकारले घोषणा गर्दै ५ लाख नगद सहित सम्मान भएको उनले बताए ।

त्यसैगरी उपमहानरमा मातृ मृत्यु दर तुलसीपुर सुन्य भएको बताए । महिला मैत्री लैङिक नगरपालिकाको अवधारण अनुसार सबै वडामा स्वास्थ्य संस्था सञ्चालन गरिएको, सामुदायिक शिक्षा सुधारमा काम गरिएको मेयर पाण्डेले बताए । उनले साधारण शिक्षाबाट प्राबिधिक शिक्षा सञ्चालन गर्न ८ वटा बिद्यालयमा लागु गरिएको समेत बताए ।

पहिलो चरणमा मेट्रो र बहुप्राबिधिक शिक्षालय अन्तर्गत बन बिज्ञान शुरु भएको छ । त्यसैगरी उनले निर्वाचनमा प्रतिबद्धता गरे अनुसार केही काम भने गर्न नसकेको स्वीकार गरे । स्पोर्ट सिटिको रुपमा तुलसीपुरलाई विकास गर्न नसकिएको, स्मार्ट सिटि बनाउन प्राबिधिक कठिनाई भएको,सडक र तारलाई ब्यबस्थापन गरि सुन्दर सहर बनाउन नसकिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार