दाङका यातायात ब्यवसायी भन्छन्, अहिले तत्काल गाडी संचालन गर्न सकिदैन् (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ असार २४ गते बुधवार

विकास डाँगी

दाङ : असार १ गतेदेखि लकडाउन खुकुलो भएपनि संगै बजार लगाएत सरकारी कार्यालयहरु खुलेको भएता पनि अझै यातायातका सवारी साधन संचालन भएका छैन् । लामो समयदेखि यातायात नचल्दा ब्यवसायीहरु धरापमा परेको जनाएका छन् ।

दाङ आधा दर्जन भन्दा बढि विभिन्न प्रालिहरुका सयौँ गाडीहरु रहेका छन् । तिनै गाडि ३ महिना भन्दा बढिको बन्दाबन्दीको कारणले घर मै थन्किदाँ खिया लागेको ब्यवसायीहरुले गुनासो गरेका छन् । त्यसैगरी अहिले सम्म राज्यले आफुहरुका लागी केहि नगरेको यातायात मजदुरहरुले आरोप समेत लगाएका छन् ।


उनीहरुले यातायात व्यवसायीहरु सरकारले उचित राहत दिनुपर्ने माग गरेका छन् । विभिन्न मागहरु गरेका यातायात व्यवसायीहरुले आफुहरुले उठाएका मागहरु असार मसान्त सम्म पुरा नभए सार्वजनिक यातायातका सवारी सधानका चापी र व्लुकहरु साउन १ गते देखि जिल्ला प्रशासन कार्यालय दाङमा बुझाउने निर्णय गरेको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका जिल्ला संयोजक भरतनाथ योगीले जानकारी दिए ।

त्यसैगरी कोभिड १९ को माहामारी रुपमा विश्वनै आक्रान्त भएको अवस्थामा यातायात व्यवसायी, मजदुर र कर्मचारीहरुका साथै त्यसमा आश्रित परिवारहरुको जिविको पार्जन पनि दैनिय अवस्थामा रहेको उनले बताए । साथै उनले बैंकलाई तिर्नुपर्ने व्याज मिनाह गरी जति दिन सम्म लकडाउन हुन्छ त्यतिनै समयको किस्ता बुझाउने समयको थप पाउनुपर्ने माग गरेका छन् ।

त्यसैगरी तुलसीपुरका यातायात ब्यवसायी युवराज शर्माले लकडाउनले यातायात क्षेत्रमा धेरै प्रभाव पारेको बताए । उनले गाडीहरु थन्काएर राखेको ३ महिना भन्दा बढि हुदाँ गाडिका पार्ट पुर्जा काम नलाग्ने अवस्थामा भएको बताए । अब ति गाडीहरु संचालन गर्नको लागी करिब २ लाख सम्म खर्च गरेर चलाउँनु पर्ने अवस्था भएको समेत उनले बताए ।

त्यसैगरी उनले यातायात क्षेत्रलाई राज्यले नहेरेको समेत आरोप लगाए । त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुरका अध्यक्ष केशब बहादुर भण्डारीले आफुहरुलाई राज्यले नहेरेको बताए । उनले ३ महिना भन्दा बढि समय सम्म गाडीहरु संचालन नहुदाँ मजदुरहको अवस्था दयनिय भएको बताए । मजदुरहरु यातायात संचालन नहुदाँ रोग भन्दा नि भोग संग डराएको उनले बताए । दाङमा करिब ४५ सय यातायात मजदुरहरु रहेको र ति मध्य ५ सय जति आफ्नो घर गएका र बाँकी सबै कोठा भाडामा बस्ने भएकाले उनीहरुलाई राज्यले नहेरेको उन गुनासो गरे ।

यो यातायात पेसामा लाग्ने ब्यक्तिहरु निम्न वर्गीयका भएकाले उनीहरुको अवस्था जटिल भएकाले राज्यले ध्यान दिनु पर्ने त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताए । उनले यदि महासंघ र सरकार विच गाडी संचालन गर्न समझदारी भएपनि तत्काल गाडीहरु चलाउन सक्ने अवस्थामा ब्यवसायी नभएको उनले बताए ।

‘ हाम्रा गाडिहरु घरमै थन्किएको लामो समय भएको छ,’ उनले भने,‘ ति गाडिका पार्ट पुर्जामा खिया लागेको छ । यदि गाडि संचालन गर्ने हो भने, मर्मत गर्नु पर्छ । मर्मत गर्नको लागि करिब १/२ लाख खर्च हुन्छ । अहिले ब्यवसायीहरुसंग गाडि बनाउने पसौ छैन् ।

अनि कसरी गाडी संचालन गर्ने ? ’ यता लकडाउनका कारण गाडीहरु संचालन हुदाँ ब्यवसायीहरु मर खेपिरहेको बेला अहिले बैंकहरुले गाडिको किस्ता तिर्न ताकेता गरिहरको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले बताए । उनले ब्यवसायीहरुले गुजरा चलाउन धौं भएको बेला बैंकले किस्ता तिर्न बारम्बार फोन गर्दा झन समस्यामा परेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार