• २०७७ फाल्गुन २१ गते शुक्रवार

रोटरी क्लव अफ तुलसीपुर सिटीको १३ औं पद हस्तान्तरण

Author Logo..
अनलाइन राप्ती २०७७ असार २४ गते बुधवार


तुलसीपुर, २४ असार : रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा यातायात व्यवसायी सुरेश हमाल चयन भएका छन् । तुलसीपुरमा भएको १३ औ पद हस्तान्तरण कार्यक्रममा हमाललाई सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष देववहादुर केसीले रोटरी चेन हस्तान्तरण गरेर हमाललाई कार्यभार सुम्पन भएको थियो ।

सन् २०२०(२१ का लागि चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा देववहादुर केसी, भावी अध्यक्षमा शिव श्रेष्ठ, प्रस्तावित अध्यक्षमा यज्ञवहादुर केसी, उपाध्यक्षमा पवन कुमार योगी, बिनिल केसी र सन्दिपन रिजाल रहेका छन् । एक वर्षका लागि नै चुनिएको कार्यसमितिको सचिवमा देवेन्द्र केसी, कोषाध्यक्षमा दुर्गा बहादुर केसी र सहसचिवमा बुद्ध प्रकाश सिंह रहेका छन् ।

त्यसैगरी चेयर क्लब एडमिनिष्ट्रेसनमा दिपेश भण्डारी, चेयर सर्विस प्रोजेक्टमा रुपेश शर्मा, चेयर मेम्बरशिपमा सञ्जय पराजुली, चेयर पब्लिक ईमेजमा राजिव वली, चेयर टिआरएफमा उज्जवल श्रेष्ठ र मर्यादापालकमा मनोज बस्नेत चयन भएका छन् । क्लबका उपाध्यक्ष शिव श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी ईन्टर्नेशनल डिष्ट्रिक ३२९२ नेपाल (भुटानका पूर्व असिष्टेण्ट गभर्नर कुशल तर्तालले रोटरीको भावना र मर्मलाई आत्मसाथ गर्दै सामाजिक कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण रोटरियनहरुलाई आग्रह गरेका थिए ।

साथै उनले रोटरीको ६ वटा लक्षित क्षेत्र शिक्षा, स्वास्थ्य, बातावरण, खानेपानी, मातृ शिशु र सामुदायिक बिकासलाई केन्द्रमा राखेर कार्ययोजना बनाउन नवनिर्वाचित अध्यक्ष लगायत नयाँ कार्यसमितीलाई सुझाव दिनु दिए । क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ , रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नबिन राई लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु बिमल रिजाल, ललित बहादुर घर्ती, विर बहादुर रावत, तुफानबाबु श्रेष्ठ, रिपोर्टस क्लब अफ दाङका अध्यक्ष शरद रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रोटरी वर्ष २०१९(२० को आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष देववहादुर केसीले मायाको चिनो प्रदान गरिएको थियो । दुई चरणमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण वर्ष २०१९(२० का सचिव सन्दिपन रिजाल र वर्ष २०२०(२१ का सचिव देवेन्द्र केसीले गरेका थिए ।

कार्यक्रममा नवनिर्वा्चिचत अध्यक्ष सुरेश हमाललाई क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कुशल तर्तालले शपथ खुवाएका थिए, भने अध्यक्ष हमालले आफ्नो टिमका नवनिर्वा्चिचत पढाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष हमालले आफ्नो कार्यकालमा गरिने कार्यहरुको बारेमा संक्षिप्तमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार