• २०७७ फाल्गुन १८ गते मङ्गलवार

वडाध्यक्ष डाँगीको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिको व्यहोर्ने

Author Logo..
अनलाइन राप्ती २०७७ असार २२ गते सोमवार

शान्तिनगर : शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिको व्यहोर्ने भएको छ । वडाध्यक्षमाथि कार्यकक्षमै आक्रमण गरेर घाईते बनाएको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।


उनका अनुसार हेलिकप्टरबाट उपचारकालागि काठमाडौं लगेको मात्रै तीन लाख ५० हजार रुपैँया खर्च भएको छ । विप्लव समूहले असार १६ गते आक्रमण गर्दा घाईते डाँगीको अहिले काठमाडौको हेम्स उपचार भइरहेको छ । उनको अबस्था सुधार हुँदै गएको छ ।


यसैबिच, वडाध्यक्ष डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार शान्तिनगर गाउँपालिका वडा नं. ३ भलानेटी निबासी २३ बर्षीय आकास केसी र खड्क बहादुर विकलाई पक्राउ गरिएको हो ।
प्रहरीले यस अघि तीन जनालाई पक्राउ गरेको छ । यस बिषयमा आबश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार