• २०७७ कार्तिक ६ गते बिहिवार

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार पुग्दै, मृत्यु हुनेको संख्या ३५

Author Logo..
अनलाइन राप्ती २०७७ असार २२ गते सोमवार

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ८११ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएका छन् ।


यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८÷८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६÷६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५र५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।


प्युठान र काभ्रेका ४/४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३/३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २र२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार