• २०७७ मङ्सिर ११ गते बिहिवार

२२ किलो भन्दा बढि चरेस सहित बुटवलबाट २ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असार २२ गते सोमवार


दाङ : बुटवलमा प्रहरीले साढे २२ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छ । ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको विशेष प्रहरी टोलीले सोमवार विहान करिब ११ बजेतिर ठुलो परिमाणमा लागु औषध चरेस सहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा गएको टोलीले बुटवल १२ हरियाटोलमा बस्ने धन बहादुर नेपालीको घरबाट २२ किलो ५ सय ग्राम चरेस बरामद गरेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवं एसएसपी राज कुमार बैदवारले जानकारी दिए ।

नेपालीको खाली घरमा लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । साथै प्रहरीले गुल्मी मदाने ७ वर्ष २९ का मेघराज गिरी र पुर्वी रुकुम सिस्ने गाउँपालिका ८ स्यालपाखा बस्ने वर्ष ३५ का रतिभान नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसनधान भईरहेको प्रहरीले जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार