• २०७७ फाल्गुन १८ गते मङ्गलवार

तुलसीपुरमा २ लाख बढि रकम सहित १० जना जुवाडे पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असार २२ गते सोमवार

दाङ : तुलसीपुरमा २ लाख बढि रकम सहित १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर ७ नयाँबस्ती स्थित प्रेम सुनारको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले आइतवार करिब पौने ९ बजेतिर २ लाख २५ हजार नगदसहित ९ जना जुवाडेलाई पक्राउ जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर ७ निबासी ३६ बर्षका प्रेम बहादुर सुनार, सोही ठाउँका ३३ बर्षीय रमेश नेपाली , ३९ बर्षीय धनेश्वर विक, ३६ बर्षीय खिम बहादुर सुनार, २७ बर्षीय सन्तोस नेपाली, ३४ बर्षीय निराजन तिवारी , ३८ बर्षीय शिब कुमार स्वर्णकार, तुलसीपुर ५ का ३७ बर्षीय टेक बहादुर विश्वकर्मा, तुलसीपुर ८ का ३छ बर्षीय शोभाराम सुनार र ३९ बर्षीय टंक बहादुर सुनार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार