• २०७७ कार्तिक ४ गते मङ्गलवार

तुलसीपुरका जनप्रतिनिधीहरुबाट मेयर बिपत ब्यबस्थापन कोषमा १८ लाख बढि सहयोग

Author Logo..
२०७७ असार २१ गते आइतवार

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाको मेयर बिपत ब्यबस्थापन कोषमा १८ लाख बढि सहयोग गरिएको छ । कोरोना महामारीका बेला रोकथाम तथा नियन्त्रणका लागि भन्दै उपमहानगरका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबाट आउने रकम सहयोग गरेका हुन ।

विपतको यो समयमा जनप्रतिनिधिले गरेको सहयोग प्रशंसा योग्य रहेको नगर प्रमुख घनश्याम पाण्डेले बताएका छन ।विपतको बेला स्वंय जनप्रतिनिधी नै दिन रात नभनि खटिएको भन्दै कोरोना रोकथाम तथा नियन्त्रणमा सबैको साथ सहयोग पाएको उनले बताएका थिए ।

उपमहानगरका नगर प्रमुख,उपप्रमुख वडाध्यक्ष, वडा सदस्य,कार्यपालीका सदस्य लगायतबाट एक मुष्ट १८ लाख १३ हजार रुपैया मेयर बिपद ब्यबस्थापन कोषमा जम्मा भएको नगर प्रमुख सचिवालय प्रमुख मान बहादुर रावतले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार