• २०७७ मङ्सिर ११ गते बिहिवार

सार्बजनिक सवारी साधन सञ्चालन गर्न महासंघको माग

लाखौ ब्यबसायिहरु सडकमा आए देश ठप्प हुन्छ : महासचिब सिटौला
Author Logo..
अनलाइन राप्ती २०७७ असार २० गते शनिवार


शरद रेग्मी
दाङ, २० असार :
देशभरका यातायात ब्यबसायिहरुको छाता सगंठन नेपाल यातायात ब्यबसायि राष्ट्रिय महासघंले तत्काल सार्बजनिक सवारी साधन सञ्चालन गर्न जोडदार माग गरेको छ ।
शनिवार महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र महासचिब सरोज सिटौलाले नेपाल सरकारलाई अन्तिम पटक सार्बजनिक रुपमा अपिल गर्दै सुरक्षा सतर्कताका साथ यात्रुबाहक सवारीका साधनहरु सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।


लामो समयको लकडाउनको चरम माग खेपि रहेका यातायात ब्यबसायिहरुको धैर्यतालाई सरकारले कम्मजोर मनस्थितिका साथ हेर्न नहुने उल्लेख गरिएको छ । हामीले धैर्यतापुर्बक सरकारलाई सहयोग गरिरहेका छौ,’ महासचिव सिटौलाले भने,’ तर सरकारले आज सम्म पनि यातायात ब्यबसायिको पक्षमा केहि पनि प्रष्ट निर्णय गर्न सकेको छैन् । महासंघको तर्फबाट दर्जनौ पटक सरकारको ध्याणाकर्षण गराउँदा समेत केहि पनि निर्णय हुन नसक्नु दुखद पक्ष हो ।

सार्बजनिक बसहरुमा घास र बर्षायामको हिलोले डेरा जमाई रहेको छ ।’
उनले देशभरका लाखौँ मजदुरहरु सडकमा आएभने देश ठप्प हुने भन्दै तत्काल राज्यले यातायात ब्यबसायिहरुका सामान्य मागहरु पुरा गरेर यातायात सुचारु गर्ने बाताबरणको सिर्जना गर्नुपर्नेमा जोड दिए । त्यसैगरी उनले बैकको ब्याज, किस्तामा हेरफेर र मर्मत खर्च राज्यले बेहोर्नु पर्ने भन्दै तत्काल माग सम्बोधन नभए मुठभेटको परिस्थिति आउन सक्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार