• २०७७ कार्तिक ६ गते बिहिवार

नेपाली कांग्रेसले शान्तिनगरमा भोलीविरोध सभा गर्दै

Author Logo..
अनलाइन राप्ती २०७७ असार १९ गते शुक्रवार

शान्तिनगर : केही दिन अघि वडा कार्यालय मै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको कुटपिटबाट घाइते भएका शान्तिनगर २ का वडाअध्यक्ष फर्साराम डाँगीको समर्थनमा नेपाली कांग्रेस शान्तिनगरले शनिवार विरोध सभा गर्ने भएको छ ।

कांग्रेसले शान्तिनगर २ सिससुन्दरपुरमा विहान ११ बजे विरोध सभा कार्यक्रम आयोजना गर्न लागेको शान्तिनगर २ तरुण दलका अध्यक्ष विमल खड्काले जानकारी दिए । नेपाली कांग्रेस शान्तिनगर गाउँ कमिटिको नेतृत्वमा आयोजना हुने विरोध सभामा नेपाली कांग्रेसका भातृ संगठन तरुण दल, महिला संघ, नेविसंघ, दलित संघ लगाएत सहभागिता हुन उनले बताए ।

साथै उक्त विरोध सभा कार्यक्रममा उपस्थितिका लागि नेपाली कांग्रेस शान्तिनगर गाउँ कमिटिले सवैमा आग्रह गरेको छ । कुटपिटबाट गम्भिर घाईते भएका वडाध्यक्षको अहिले काठमाडौँमा उपचार भईरहेको छ । साथै प्रहरीले उक्त घटनाको आंशकामा ३ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार