• २०७७ कार्तिक १२ गते बुधवार

दाङका स्थानियतहले स्वाब परिक्षणको लागी नेपालगञ्ज पठाए

Author Logo..
अनलाइन राप्ती २०७७ असार १९ गते शुक्रवार


दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहको स्वाब परीक्षणका लागि शुल्क मागेपछि यहाँका ३ पालिकाहरुले स्वाब परिक्षणको लागी नेपालगञ्ज पठाएका छन् । संघीय र प्रदेश सरकारको सहयोगमा पिसिआर मेसिन राखेर प्रतिष्ठानमा स्वाब परिक्षण हुँदै आएको थियो । तर प्रतिष्ठानले आर्थिक कारण देखाउँदै निःशुल्क स्वाब परिक्षण गर्न नमानेपछि यहाँका १० वटै पालिकाहरुले विकल्प खोजेका हुन् ।

पालिकाहरुले नेपालगञ्ज, भैरहवा र काठमाडौमा स्वाब पठाउने तयारी गरेका छन् । प्रतिष्ठानले परिक्षण गर्न नमाने पछि तुलसीपुर उपमहानगरपालिकाबाट १ सय ७९ , बबई गाउँपालिकाका ५३ र शान्तिनगर गाउँपालिकाका ३६ जनाको स्वाब परिक्षणको लागी नेपालगञ्ज पठाइएको तुलसीपुर उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

प्रतिष्ठानले पहिला परिक्षण गरेको पैसा सोधभर्ना नहुदाँ सम्म कोरोना परिक्षणको लागी स्वाब राख्न नमाने पछि भेरी अस्पतालसंग समन्वय गरेको पठाएको समेत उनले बताए । त्यसैगरी जिल्लाका अन्य पालिकाहरुले पनि स्वाब संकलन गरेर बाहिर पठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार