• २०७७ कार्तिक ४ गते मङ्गलवार

तुलसीपुर कारागारमा वृक्षारोपन

Author Logo..
अनलाइन राप्ती २०७७ असार १९ गते शुक्रवार

दाङ : दाङको तुलसीपुर कारागारमा वृक्षारोपन गरिएको छ । कारागार क्षेत्रलाई बातावरण मैत्री बनाउने उदेश्यले प्रत्येक वर्ष गरिदै आएको वृक्षा रोपन यस वर्ष शुक्रबार गरिएको कारागारमा वृक्षारोपनका अभियान्ता टोपबहादुर महतराले बताए । यो अभियान व्यक्तिगत लगानीमा सञ्चालन गरिराखिएको बताए ।

कारागारको बाहिर वातावरणलाई प्रकृतिसंग जोडन र वातावरणमैत्री बनायन यो अभियान सुरु गरिएको हो । शुक्रवार कारागार परिसरमा विभिन्न प्रजातीमा फलफुलका विरुवाहरु रोपिएको छ । पहिलो चरणका एक सय ५० विरुवा रोपिएको र आबश्यकता अनुसार बढाउँदै लैजाने महतराले बताए । कारागारमा तीन वर्षदेखि यो अभियान सञ्चालन हुदै आएको छ ।

वृक्षारोपनको उद्घाटन, जेलर युवराज परियार, कारागार सुरक्षा क्याम्पका मेजर बाबुकाजी भण्डारी, अभियान्ता महतरा र प्रहरी सहायक निरिक्षक गोविन्दा पन्थीले गरेका थिए । केहि वर्षदेखि कारागार परिशरमा वृक्षा रोपन भएको र अघिल्ला बर्षहरुमा भएको वृक्षा रोपन सफल भएको कारागारका नासु जोखिम वलीले बताए । कारागारमा कागती, लिजी, टिमुर, आप, अगुर गरेर १५० विरुवा रोपिएको वलीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार