• २०७७ कार्तिक ६ गते बिहिवार

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु, ७ जना घाइते

Author Logo..
अनलाइन राप्ती २०७७ असार १८ गते बिहिवार

काठमाडौं : बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।  आज विहान चट्याङ लाग्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए। 

उनका अनुसार मृत्यु हुनेमा बाराको कलैकी ३५ वर्षीया आशा देवी र ४५ वर्षीया हलिया खतुन छन्। यसै गरी बाराको फेटा गाउँपालिका वडा नं १ का ३० बर्षिया तेन्दु देवी र ४० बर्षीया सुनारपती देवी छन्।  घटनामा ७ जना घाइते भएको र उनीहरुलाई थप उपचारका लागि विरगञ्ज अस्पताल पठाइएको छ। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार