• २०७७ मङ्सिर ९ गते मङ्गलवार

तुलसीपुर प्रदेश ५ कै उत्कृष्ट युवामैत्री स्थानीय सरकारका रुपमा पुरस्कृत

Author Logo..
अनलाइन राप्ती २०७७ असार १७ गते बुधवार

तुलसीपुर : तुलसीपुर प्रदेश ५ कै उत्कृष्ट युवामैत्री स्थानीय सरकारका रुपमा पुरस्कृत भएको छ । युवा लक्षित कार्यक्रमहरु प्रभावकारी ढँगले सञ्चालन गरेको भन्दै राष्ट्रिय युवा परिषद्ले पुरस्कृत गरेको हो । परिषद्ले सातै प्रदेशमा उत्कृष्ट काम गर्ने सातवटा स्थानीय सरकारलाई पुरस्कृत गरेको थियो । जसमध्ये प्रदेश पाँचबाट तुलसीपुरले उक्त पुरस्कार पाएको हो ।


परिषद्ले कार्यविधि वनाएर उत्कृष्ट काम गर्ने स्थानीय सरकारलाई सम्मान गर्दै आएको छ । युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद ५ लाख सहित पुरस्कृत गरिएको परिषद्ले विज्ञप्ती जारी गरेर जानकारी दिएको छ । युवामैत्री कार्यक्रमलाई जोड दिएको भन्दै तुलसीपुरलाई पुरस्कृत गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले युवा लक्षित गरेर उपमहानगरपालिकाले विभिन्न विधाका कार्यक्रम विगतदेखि नै सञ्चालन गर्दै आएको वताए । ‘युवाहरुलाई अवसर दिए मात्रै हामीले सोचेको जस्तो सरकार वनाउन सक्छौ’ नगरप्रमुख पाण्डेले भने । तुलसीपुरले युवाका लागि गरेका कार्यको सम्मान भएकोमा उनले खुसी समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार