• २०७७ कार्तिक १३ गते बिहिवार

वडाध्यक्ष डाँगीलाई आक्रमण गरेको आशंकामा ३ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असार १७ गते बुधवार


दाङ : शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीलाई आक्रमण गरेको आशंकामा ३ जना पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा शान्तिनगर गाउँपालिका ४ घर भई तुलसीपुर ५ मासु मार्केटमा बस्ने २९ वर्षिय अर्जुन शाही, शान्तिनगर २ का ५१ वर्षिय इन्द्र बहादुर वली र शान्तिनगर ३ भलानेटीका ३८ वर्षिय रेशम बहादुर बिकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एंव प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए । वडाध्यक्ष डाँगीलाई मंगलवार विहान करिब १२ बजे कार्यकक्षमै बसी रहेको अवस्थामा लाठी र रडले प्रहार गरी टाउँको लगाएत शरिरका अन्य भागमा चोट लागेको थियो ।

आक्रमणबाट गम्भिर घाइते डाँगीको काठमाण्डाँैमा उपचार भइरहेको छ । त्यसैगरी घटना स्थलमा विप्लव निकट नेकपाको पर्चा समेत फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार