• २०७७ कार्तिक १२ गते बुधवार

दाङमा आफ्नै बुवाले खुकुरी प्रहार गर्दा छोरा घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ असार १७ गते बुधवार

सांकेतिक तस्बिर

दाङ : दाङमा आफ्नै बाबुले खुकुरी प्रहार गर्दा छोरा घाईते भएका छन् । दंगिशरण गाउँपालिका ५ नौबस्ता निवासी ४६ बर्यिय बुवा खुशिरामा चौधरीले खुकुरी प्रहार गर्दा २७ बर्षिय छोरा श्रीप्रसाद चौधरी घाईते भएको प्रहरीले जनाएको छ ।

मंगलवार राती करिब पौने १० बजेतिर सामान्य घरायसी झगडा हुदाँ आफ्नै छोरालाई चौधरीले खुकुरी प्रहार गरेका थिए । छोराको बाँया हातमा गहिरो चोट लागेको छ, भने

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रबक्ता एंव एसएसपी राज कुमार बैदवारले जानकारी दिए । खुकुरी प्रहार गर्ने बाबुलाई नियनत्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार