छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १३ बर्ष पुग्दा पनि बिभेद : दलित समूदाय

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २१ गते बुधवार

तुलसीपुर : दाङको तुलसीपुरमा दलित युवाहरुले कालोपट्टी बाधेर जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस मनाएका छन् । सरकारले २०६३ जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा गरेपछि हरेक बर्ष जेठ २१ म यो दिवस मनाउने गरिन्छ । बुधवार तुलसीपुरमा दलित युवाहरुले निधारमा कालो पट्टी बाँधेर दिवस मनाएका छन ।दिवसकै अवसरमा उनीहरुले विभिन्न नारा सहित विपिचोकमा भेला भएर रुकुम पश्चिममा भएको दर्दनाक घटनाको विरोध जनाएका हुन् ।
छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १४ बर्ष वितिसक्दा पनि जातियताको आधारमा गत जेठ १० गते रुकुम पश्चिममा भएको दर्दनाक घटना भएको भन्दै उनीहरुले दिवस मनाउनुको औचित्य नभएको टिप्पनी गरेका छन् ।सयुक्त युवा समुहको संयोजक खेमराज बिकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जातिय विभेद अन्त्यका लागी बनेका कानुनहरु कागजमै सिमित भएको बताएका छन् ।

बनेका संबैधानिक अधिकार कार्यान्वयन नभएको र जातीय विभेदका नाममा घटनाहरु समाजमा भईरहेको उनीहरुको भनाई थियो ।साथै उनीहरुले कागजमा उल्लेख भए अनुसार दिवस मनाएर मात्रै विभेद अन्त्य नहुने बताएका छन् । मेघराज सोनिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अधिकारकर्मी निर्मला गुप्ता, नारायण परियार, इस्वरी सुनार, चेत बहादुर सेर्पाइली, निर्मल नेपाली, देबिका नेपाली र घनश्याम सेर्पाइलीले लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन प्रकाश सेर्पाइलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार