शरद रेग्मी
तुलसीपुर, २० जेठ : ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सुरक्षाको बागडोर सम्हाल्न सोमवार मात्रै तुलसीपुर आईपुगेका डिएसपी शिब बहादुर सिंहले यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न, लकडाउनको पुर्ण कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न क्षेत्रका ब्यक्ति, सघं संस्था , राजनितिक दल, पत्रकार लगाएतका मातहतका युनिटहरुसंग परामर्श सुरु गरेका छन् ।
सोमबार तुलसीपुरका ब्यापारी तथा तुलसीपुर उद्योग वाणिज्य संघसंग परामर्श लिएका छन् । सगंठन भित्र अब्बल अधिकृतको रुपमा रहेका उनी तुलसीपुरबासीको अपेक्षा र चाहाना अनुसार काम गर्ने भन्दै सबैसंग परामर्श सुरु गरेका हुन् ।
त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावतले तुलसीपुर सबैको हो, यसलाई शान्त र सुरक्षित बनाउनु सबैको कर्तब्य भएको बताए । उनले राम्रो काम गर्नेलाई गर्न दिनु पर्ने भन्दै यसमा सबैको सहयोग आबश्यक पर्ने र तुलसीपुर क्षेत्रको शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सबै खालको सहयोग गर्न आफुहरु तयार रहेको समेत बताए ।
सोमबार साँझ देखी ईलाका प्रहरी कार्यालय तुलसीपुरको जिम्मेवारी सम्हालेका सिंहले लकडाउनको उलंघन गर्दै सडकमा दौडिएका सवारी साधनलाई रोक लगाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट तुलसीपुरको सुरक्षा प्रमुखको रुपमा सरुवा भएर आएको दिनदेखि नै एक्सन अनुसार काम गर्न सुरु गरेका छन् । डिएसपी सिंहको एक्सनले शान्ति सुरक्षामा उल्लेखनिय सुधार आउने पश्चिम दाङबासीले अपेक्षा गरेका छन् ।