
दाङ : दाङमा मंगलवार थप ८ जनामा कोरोना पुष्टि भएको छ । बंगलाचुली गाउँपालिकाका ६ जना र राप्ती गाउँपालिकाका २ जनामा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
बंगलाचुली वडा नम्बर ५ का १९, २७, ३१, ३२ र ५४ बर्षीय पुरुषमा कोरोना देखिएको हो । त्यस्तै बंगलाचुलीकै वडा नम्बर ७ का २९ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलासप्रसाद देवले जानकारी दिए ।
यस्तै राप्ती गाउँपालिका वडा नम्बर ९ का ५५ बर्षीय र वडा नम्बर १ का १८ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । यो संगै दाङमा संक्रमितको संख्या ५१ पुगेको छ,भने एक जना निको भएर घर फर्किएका छन् ।
त्यसैगरी प्युठानमा पनि एक जनालाई कोरोना पुष्टि भएको छ । जिल्लाको स्वर्गद्धारी नगरपालिका ४ का ५९ बर्षीय पुरुषमा प्रतिष्ठानमा परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।