दाङमा हिजो सम्म ५१ सय ३८ क्वारेन्टाइनमा

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २० गते मङ्गलवार

दाङ : दाङमा दिनप्रतिदिन भारत तथा नेपालका विभिन्न जिल्लाबाट आउने क्रम बढ्दो छ । उनीहरुलाई सिधै घर जान नदिएर स्थानियतहरुले कोरोना भए नभएको पुष्टि नहुदाँ सम्म क्वारेन्टाइन्मा राख्ने ब्यवस्था गरेका छन् । जिल्लामा सोमबार सम्म ५१ सय ३८ जनालाई राखिएको छ । जिल्लामा अहिले सम्म १७० वटा क्वारेन्टाईनहरु संख्या रहेकोमा ६ हजार ६५८ बेड रहेको जनस्वास्थय कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए ।

तुलसीपुरमा ५३८ जना, राजपुर गाउँपालिकामा २०८, राप्ती गाउँपालिकामा ५९८, शान्तिनगरमा १३५, घोराहीमा १५ सय ६१ बंगलाचुलीमा १ हजार ८ गढवामा ४२६, बबईमा २४२, लमहीमा ३३८, दंगीशरणमा ८४ जना क्वारेन्टाइनमा रहेको फोकल पर्सन चन्दले बताए ।

त्यसैगरी सोमबार सम्म जिल्लामा कोरोना परिक्षण गर्नको लागी २४ सय २८ जनाको स्वाब संकलन गरिएको र त्यस मध्य १४सय ३१ जनाको पिसीआर विधीबाट परिक्षण गर्दा ४३ जनाको कोरोना पुष्टि भएको र १३ सय ८८ जनालाई नेगेटिभ देखिएको समेत उनले बताए ।

त्यसैगरी ९ सय ९७ जनाको स्वाब परिक्षणको क्रममा रहेको उनको भनाई छ । त्यसैगरी जिल्लामा आरडिटीबाट सोमबार सम्म ७०८ जनाको कोरोना चेकजाँच गर्दा ३ जनामा पोजेटिभ देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार