• २०७७ मङ्सिर ११ गते बिहिवार

दाङमा एक युवा कुवा भित्र मृत अवस्थामा फेला परे

Author Logo..
अनलाइन राप्ती २०७७ असार १६ गते मङ्गलवार


दाङ : दाङमा एक युवा कुवा भित्र मृत अवस्थामा फेला परेका छन् । अछामको रामारोसन गाउँपालिका ३ घर भई हाल दाङको शान्तिनगर गाउँपालिका ६ डाँडा तिलवारी बस्दै आएका लोक बहादुर शाहका २६ बर्षीय छोरा सुरज शाह मंगलवार कुवा भित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार सोही ठाउँ निवासी उनका साथी बिश्वराज आचार्यको घरमासंगै खान खाएर सुतेको र मंगलबार कुवामा मृत भेटिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको । राति सुतेको कोठामा संगै नदेएपछि खोजतलास गर्दा सोही आचार्यकै घर अगाडी रहेको करिब १५ मिटर गहिरो पानीको कुवा भित्र फेला परेको प्रदेश प्रहरी प्रबक्ता एंव एसएसपी राज कुमार बैदवारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार