• २०७७ मङ्सिर ११ गते बिहिवार

दाङका पुराना कम्युनिष्ट नेता बस्नेत सुकुम्बासी आयोगको केन्द्रीय सदस्यमा नियुक्त

Author Logo..
२०७७ असार १६ गते मङ्गलवार

दाङ : भूमि सम्बन्धी समस्या समाधान आयोगको सदस्यका लागि प्रदेश नम्बर ५ बाट दाङका शोभाराम बस्नेत मनोनित भएका छन् । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले दाङका पुराना कम्युनिष्ट नेता बस्नेतलाई मनोनित गर्ने निर्णय गरेको हो ।


प्रदेश सरकारको सिफारिसमा मनोनीत हुने सदस्यमा आयोगको गठन आदेशको दफा ३ को खण्ड ग बमोजिम दाङका बस्नेतलाई मनोनयन गर्न सिफारिस गरिएको छ । त्यस्तै प्रदेशभित्र रहेका वडाध्यक्षको सेवा सुबिधा कटौती तयार भएको कानून संशोधनलाई पनि स्वीकृत गरिएको छ ।


बैठकले प्रदेश सरकार, प्रदेश नं ५, सार्वजनिक खर्चको मापदण्ड, कार्यबिधि र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ को दोस्रो संशोधन स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार