
दाङ : दाङमा एक जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । घोराहीमा रहेको गोरखा पव्लिक हस्पिटलमा कार्यरत रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आइतबार अस्पतालमा छातीको एक्सरे गर्न आएकी घोराही १८ की एक महिलालाई डाँगीले पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेपछि प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए । ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा डाँगीलाई सोमबार विहान पक्राउ गरेर घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस