• २०७७ फाल्गुन २१ गते शुक्रवार

दाङमा कुलोले बगाउँदा २ बर्षीय बालिका मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असार १५ गते सोमवार


दाङ : दाङमा कुलोले बगाउँदा एक बालिका मृत्यु भएको छ । सल्यानको कपुरकोट गाउँपालिका ६ सिनबाङ घर भई हाल तुलसीपुर १८ बिजौरीमा बस्दै आएका मानसिङ विककी २ बर्षकी छोरी एलिशा विकलाई मानपुरे कुलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतवार दिउँसो ४ बजेतिर घरबाट बाहिर निस्किएको र लामो समय सम्म नआएपछि कुलोमा खोज तालास गर्ने क्रममा राती साढे १० बजेतिर घरदेखी २ कि.मी कुलोमको झाङमा मृत्यु अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एवं प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार