• २०७७ मङ्सिर ११ गते बिहिवार

प्रतिष्ठानमा स्वाव परिक्षण रोकिने संकेत

Author Logo..
अनलाइन राप्ती २०७७ असार १३ गते शनिवार

दाङ, १३ असार :  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना जाँचका लागि आवश्यक सामग्री रिएजेन्ट आपूर्ति नहुँदा स्वाव परिक्षण रोकिने भएको छ । स्वाव परिक्षण गर्दै आएको प्रतिष्ठानमा आवश्यक रिएजेन्ट सकिने अवस्थामा पुगेको प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले बताइन् ।

‘प्रतिष्ठानमा परिक्षणका लागि आवश्यक सामग्री रिएजेन्ट सकिन लागेको छ, थप रिएजेन्ट अहिलेसम्म आपूर्ति हुन सकेको छैन्’ उनले भनिन्– ‘शनिबारबाट स्वाव परिक्षण रोकिन्न सक्छ किटको अभावमा ।’ रिएजेन्ट खरिद गर्नका लागि प्रतिष्ठानसँग बजेट नभएको सरकारले बजेट दिन नसकेको उनले बताइन् ।

‘प्रतिष्ठानमा सबैभन्दा धेरै स्वाव परिक्षण भएको छ तर आवश्यक बजेट पाउन सकिएको छैन्, मैले पनि कर्मचारीलाई तलब खुवाउनुपर्छ, ल्यावमा दिनरात नभनेर खटिनेलाई भत्ता दिनुपर्छ’ उनले भनिन्– ‘अहिलेसम्म प्रतिष्ठानकै बजेटले खर्च चलाएको छु, संघ तथा प्रदेश सरकारले पिसिआर मेसिनको समेत रकम दिन सकिरहेका छैनन् ।’

पिसिआर मेसिनको झण्डै डेढ करोडसमेत आफूहरुले पाउन नसकेको उनले बताइन् । ‘शुरुमा किनेको मेसिनको १ करोड नै पाउन सकिरहेको छैन,

त्यसपछि दोस्रो पटक खरिद गरिएको मेसिनको प्रदेश सरकारले ६० लाख दिएको छ, बाँकी रकम अहिलेसम्म पाउन सकिएको छैन्’ उनले भनिन्– ‘अब अहिले स्वाव जाँचका लागि आवश्यक पर्ने रिएजेन्ट सकिन लागेको छ, अब प्रतिष्ठानसँग भएको बजेट पनि सकिएको छ, सहयोग नभए अवस्था के होला ?’

जिल्ला विपद् व्यवस्थापन समितिको पनि प्रतिष्ठानलाई असहयोग भएको उनले बताइन् । ‘विपद् व्यवस्थापन समितिमा १० करोड छ, खै समस्यामा सहयोग गरेको ?’ उनले भनिन्– ‘रकम के मा खर्च गर्ने हो ? विपद् व्यवस्थापन समितिले सहयोग गरेको खै ?’

स्वावले पालो कुरिरहेको अवस्थामा आवश्यक सामग्री व्यवस्थापनमा पनि चुनौती देखिएको छ । केहीदिन अघिमात्रै किट अभाव हुँदा दुई दिन स्वाव परिक्षण रोकिएको थियो । स्वाव थुप्रिदै गएको अवस्थामा परिक्षणको गति बढाउन प्रतिष्ठानमा थप मेसिन जडान भएपनि स्वाव परिक्षण गर्ने आवश्यक सामग्रीको अभाव देखिन थालेको हो ।

आवश्यक सामग्रीको व्यवस्थापन समयमै हुन नसके परिक्षण रोकिन सक्ने उपकुलपति भण्डारीले बताइन् । कसैको सहयोग नभए परिक्षण नै रोकिन सक्ने निश्चित छ । यो समाचार जित सागर जिएमले प्रदेश टुडे राष्ट्रिय दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार