• २०७७ कार्तिक १२ गते बुधवार

मावि सेन्टर क्वारेन्टाइनको एक महिनाको खर्च करिब साढे ९ लाख (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ असार १२ गते शुक्रवार


तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले माध्यामिक विद्यालय तुलसीपुर सेन्टरमा स्थापना गरेको क्वारेन्टाइनको खर्च विवरण शुक्रवार एक कार्याक्रम गरी सार्बजनिक गरेको छ । गत जेष्ठ १० गतेदेखी स्थापना गरिएको क्वारेन्टाइनमा असार १० गते सम्म ९ लाख ४० हजार ९४४ रुपैयाँ खर्च भएको वडा कार्यालयका कर्मचारी गणेश आचार्यले जानकारी दिए ।

क्वारेन्टाइनमा पहिलो चरणमा ६० जना र दोस्रो पटक अहिले ७१ जना बस्दै आएका छन् । उनीहरुलाई खाना पकाउने भान्सेलाई पारिश्रमिक दिने देखि अन्य विभिन्न सामाग्री खरिद गर्दा उक्त रकम खर्च भएको उनले बताए । पहिलो चरणमा ६ लाख ६ हजार ४८३ रुपैयाँ र दोस्रो चरणमा असार १० गते सम्म ३ लाख ३४ हजार ४६१ रुपैयाँ भएको समेत उनले जानकारी दिए ।

त्यसैगरी क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुलाई दैनिक साझ विहान खाना, विहान र दिउँसो खाजा खुवाउँदै आएको क्वारेन्टाइन ब्यवस्थापक नानीमैया केसीले जानकारी दिईन् । त्यसैगरी हप्तामा २ पटक मासु खुवाउँदै आएको समेत उनले बताईन् । त्यसैगरी उक्त क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक ,ब्यवस्थापक समेत गरी एक सय बढिले दैनिक खाना खाने गरेको समेत ब्यवस्थापक केसीले जानकारी दिईन् ।

यता तुलसीपुर उपमहानगरपालिकाले १२ स्थानमा क्वारेन्टाइन स्थापना गरको वडाध्यक्ष एवं उपमहानगरका विपद् ब्यवस्थापन समितीका संयोजक नबराज लामिछानेले बताए । ति मध्य १० वटा क्वारेन्टाइन ब्यवस्थित तरिकाले संचालन भएका र २ वटालाई आईसोलेसन वडाका रुपमा बनाएको समेत उनले बताए ।

त्यसैगरी उनले अहिले पनि दाङमा दैनिक रुपमा कोरोना संक्रमितहरु भेटिएको भन्दै सबैले साबधानी अपनाउनु पर्ने बताए । कार्यक्रममा (नेकपा)का नगर कमिटी सदस्य होताराम आचार्य, नेपाली काग्रेसका ६ नम्बर वडा सभापति प्रताप सिंह खत्री, जनता समाज पार्टी नेपालका जिल्ला सह–ईञ्चार्ज टोप बहादुर महतरा, राप्रपा नगर कमिटी अध्यक्ष छोटीलाल थारु र मा.वि सेन्टरका प्रधानध्यापक भागवत पौडेल लगाएतको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार