• २०७७ कार्तिक ४ गते मङ्गलवार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार १२ गते शुक्रवार

काठमाडाैं, १२ असार : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप नयाँ २५ जनामा काेराेना पुष्टि भएकाे हाे ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जना तनहुँमा २ जना, स्याङ्जा र बाग्लुङमा  एक-एक जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।  यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ सय ९२ पुगेको छ ।

निर्देशक डा. शर्माका अनुसार नवलपरासीका गाैडाकाेट नगरपालीकामा २३ वर्षदेखि ५३ वर्षसम्मका ७ जना पुरूषहरूमा काेराेना पाेजेटिभ देखिएकाे छ । त्यस्तै कावासेती नगरपालीकामा १८ वर्षदेखि ५८ वर्षसम्मका १२ पुरूषहरूसँगै २५ र ३५ वर्षीया महिलाहरूमा काेराेना पुष्टि भएकाे छ ।

स्याङ्जाका कालिण्डकी गाउँपालिकामा १ जना ५८ वर्षीय पुरूष, तनहुँकाे व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरूषहरूमा काेराेना पुष्टि भएकाे छ । त्यस्तै बाग्लुङकाे  बरेंङ गाउँपालिकाका २३ वर्षीय युवामा काेराेना पाेजेटिभ देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार