• २०७७ कार्तिक १३ गते बिहिवार

६०७ जनाको विहीवार प्रतिष्ठानमा कोरोना परिक्षण गर्दा सबैमा नेगेटिभ

Author Logo..
अनलाइन राप्ती २०७७ असार ११ गते बिहिवार

दाङ : दाङमा विहीवार कुनै पनि ब्यक्तिमा कोरोना संक्रमण देखिएन् । राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठान घोराहीमा दाङ लगाएत अन्य जिल्लाबाट आएका ६०७ वटा स्वाब परिक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान, घोराही, तुलसीपुर, शान्तिनगर, बबई, लमही, बंगलाचुली, सल्यानको कपुरकोटबाट आएको स्वाब परिक्षणमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी अहिले सम्म दाङ लगाएत अन्य जिल्लाबाट प्रतिष्ठानमा गरी १३ हजार ६४४ स्वाब संकलन भएको मध्य ११ हजार ६७७ पिसीआर विधीबाट परिक्षण गर्दा ५१४ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

साथै ११ हजार १३५ जनाको रिपोर्ट नेगटिभ आएको छ । त्यसैगरी अब प्रतिष्ठानमा १ हजार ९६७ स्वाब परिक्षण गर्न बाँकी रहेको प्रतिष्ठानका कामय मुकायम रजिष्ट्रार कैलाश प्रसाद देबले जानकारी दिए । बुधवार सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार