गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

Author Logo..
२०७७ असार ११ गते बिहिवार

काठमाडौं : गण्डकी प्रदेशमा बिहीबार बिहान ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।  प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परीक्षणमा ११ जनालाई कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए।
 
उनकाअनुसार म्याग्दीमा ६ जना, स्याङ्जामा १ जना, बाग्लुङमा २ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार