• २०७७ कार्तिक १२ गते बुधवार

घोराहीबाट हतियार सहित एक जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असार १० गते बुधवार


दाङ : दाङमा प्रहरीले हतियार सहित एक जनालाई पक्राउ गरेको छ । मंलगवार जिल्ला प्रहरी कार्यालय दाङले कटुवा पेस्तोल र भरुवा बन्दुक सहित घोराही उपमहानगरपालिका १३ लापेमा गंगाराम नेपालीको घरमा बस्दै आएका २६ बर्षका मान्छे नेपाली भन्ने साजन नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए।

गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले कटुवा पेस्तोल एक थान, भरुवा बन्दुक एक थान र त्यसमा प्रयोग हुने फलामको छर्रा २१० थान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका नेपाली विरुद्ध हातहतियार खरखजना अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले घरको किचेन फोडी विभिन्न सामान चोर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

मंगलवार दिउँसो १ बजेतिर घोराही १७ निवासी दुर्गा खत्रीको घरको किचेन फोडी गाडी मर्मतको लागी प्रयोग हुने करिब ६ लाख बराबरको जि स्क्यान टु लेखेको ल्यापटप, गाडिको सिसा तोडफोडी पेन ड्राइब लगाएतका सामान चोर्ने रोल्पा रून्टीगढी गाँउपालिका २ बस्ने २४ बर्षीय रमेश पुनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पुनलाई चोरी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार