गण्डकी प्रदेशमा बुधवार बिहान थप ३२ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार १० गते बुधवार

पोखरा : गण्डकी प्रदेशमा बुधवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यो सँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ७ सय २९ पुगेको छ। प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएका पिसिआर परीक्षणको नतिजा आएसँगै नयाँ ३२ जना सङ्क्रमित रहेको पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार उनीहरू लमजुङमा ५ जना, पर्वतमा १ जना, स्याङ्जामा ७ जना, कास्कीमा ५ जना, गोरखामा १ जना, बागलुङमा ९ जना, तनहुँमा १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ जना रहेका छन्। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा बिनोदबिन्दु शर्माकाअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष, बेसीशहर नगरपालिकाकी १ जना महिला, पर्वतको कुस्मा

नगरपालिकाकी १ जना महिला, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १ जना पुरुष, आँधीखोला गाउँपालिकाका १ जना पुरुष र वालिङ नगरपालिकाका ३ जना पुरुष र २ जना महिला गरी ५ जनामा सङ्क्रमणको पुष्टि भएको छ। यसै गरी कास्कीको पोखरा महानगरपालिकाका १ जना पुरुष र २ जना महिला, मादी गाउँपालिकाका १ जना पुरुष र १ जना महिला रहेका छन्।

गोरखाको गण्डकी गाउँपालिकाका १ जना पुरुष, बागलुङको बरेङ गाउँपालिकाका ८ जना पुरुष जैमिनी नगरपालिकाका १ जना पुरुषमा पनि सङ्क्रमण रहेको पाइएको छ। चितवनको भरतपुर अस्पतालमा गरिएको स्वाब परीक्षणमा तनहुँको देवघाट गाउँपालिकाका १ जना पुरुष र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका ३ जना महिलामा पनि सङ्क्रमण रहेको पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार