• २०७७ फाल्गुन २० गते बिहिवार

सरकारी कार्यालयमा छैन स्वास्थ्य सुरक्षा

Author Logo..
अनलाइन राप्ती २०७७ असार १० गते बुधवार

तुलसीपुर : कोभिड–१९को महामारीका कारण लामो समयदेखि बन्द रहेका सरकारी कार्यालय असार १ गतेदेखि खुलेका छन् । खुलेका सरकारी कार्यालयहरू कमैले मात्र सुरक्षा सामग्रीको प्रयोग गरेका छन् भने धेरैमा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग भएका छैनन् ।

कार्यालय खुलेसँगै कतिपय सरकारी कार्यालयमा सेवाग्राहीको भिडभाड बढेको छ भने कतिपय सरकारी कार्यालयमा सेवाग्राहीको चाप न्यून देखिएको छ । मालपोत, विद्युतलगायतका कार्यालयमा सेवाग्राहीको भिडभाड बढी देखिएको छ ।

सेवाग्राहीको भिडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको छ । सेवाग्राहीको भिडभाड हुने सम्बन्धित कार्यालयमा पर्याप्त सुरक्षा सामग्री नहुँदा संक्रमणको त्रासमा काम गर्नुपरेको कर्मचारीहरूले बताउँदै आएका छन् ।

सरकारले कोरोनाको जोखिम कम भएका जिल्लामा लकडाउनलाई खुकुलो बनाउने र सरकारी कार्यालयबाट पनि सेवा प्रवाह गर्ने भनेपछि सरकारी कार्यालयले सेवा दिन शुरू गरेपनि स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त नहुँदा संक्रमणको जोखिममा काम गरिरहेको मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेशकुमार खड्काले बताए ।

‘मास्क र स्यानिटाइजरको भरमा काम गरेका छौँ, सेवाग्राहीले पनि भौतिक दूरी पनि कायम गर्न सक्नुहुन्न् ?’ उनले भने– ‘जसका कारण संक्रमणको जोखिममा छौँ हामीहरू ।’

सुरक्षा मापदण्डमा पिपिई लगाउने, मास्क, स्यानीटाइजर प्रयोग गर्ने, सेवाग्राहीलाई कार्यालय प्रवेश गर्दा अनिवार्य स्वास्थ्य जाँच गर्ने व्यवस्था भएपनि आफुुहरूले ती सामग्रीको अभावमा मापदण्ड पूरा नगरेरै सेवा प्रदान गरिरहेको उनले बताए । न पिपिई छ, न स्वास्थ्य जाँच गर्ने थर्मल गर्न नै छ,यो समाचार प्रदेश टुडे पत्रिकामा जितसागर जिएमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार