• २०७७ कार्तिक ६ गते बिहिवार

४० जना कृषकलाई कृषि सामाग्री वितरण

Author Logo..
अनलाइन राप्ती २०७७ असार ८ गते सोमवार


शान्तिनगर : शान्तिनगर गाउँपलिकाले ४० जना कृषकलाई कृषिमा आवश्यक कृषि सामाग्री वितरण गरेको छ । प्रदेश सरकारको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका कृषकलाई कृषि सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

कृषकलाई प्लाष्टिक टनेल, ६ लाइन पाइप, १ वटा ड्रम, टमाटरको विउ गाउँपालिका अध्यक्ष कमानसिंङ डाँगी र उपाध्यक्ष मिथिला शाहले वितरण गरेका थिए । गाउँपालिकाका ७ वटै वडाले सिफारिस गरेका कृषकलाई कृषि सामाग्री वितरण गरिएको कृषि शाखा प्रमुख यमकान्त पाण्डे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार