• २०७७ फाल्गुन १९ गते बुधवार

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ६ जना डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ असार ८ गते सोमवार

दाङ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट सोमबार थप ६ जना डिस्चार्ज भएका छन् । दाङका ५ जना र प्युठानका १ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ । गत जेठ २५ र २६ गते अस्पताल भर्ना भएका बंगलाचुली गाउँपालिकाका १ का ३१, ४३, ७० बर्षीय ३ जना, लमही

नगरपालिकाका ८ का २२ बर्षीय १ जना र लमही ५ का २७ बर्षीय १ जना र प्युठानका १९ बर्षीय १ जना गरी ६ जना संक्रमित डिस्चार्ज भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनीहरु सबै पुरुष रहेका छन् । अस्पतालमा हाल ४७ जना कोरोना संक्रमितहरु रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार