• २०७७ फाल्गुन २० गते बिहिवार

घोराहीमा वडाध्यक्ष सहित थप १३ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार ८ गते सोमवार


दाङ : दाङमा सोमवार वडाध्यक्ष सहित थप १३ जना कोरोना पुष्टि भएको छ । संक्रमितहरु सबै घोराही उपमहानगरका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पीसीआर विधबिाट स्वाब परिक्षण गर्दा घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्षलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठ २४ गते स्वाब संकलन गरिएको र सोमवार १६ दिन पछि रिपोर्ट आउँदा वडाध्यक्षलाई कोरोनाको संक्रमण देखिएको हो । त्यसैगरी घोराही २ का १७, २२ र ३८ बर्षीय पुरुष, वडा नम्बर ३ का २३ र ३० बर्षीय पुरुष, वडा नम्बर ६ का १६, २३, २३, २५, ३२ र ३७ बर्षीय पुरुष र १९ बर्षीय महिला गरी ५ जना र वडा नम्बर ५ का ३१ बर्षीयमा कोरोना संक्रमण भएको प्रतिष्ठानले जनाएको छ ।

घोराही उपमहानगरको मावि वुका र आधारभूत बिद्यालय बैस्पुुरबाट संकलन भएको २ सय ६७ जनाको स्वाब मध्य ३७ जनाको स्वाब परिक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै घोराहीमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ । भने डिस्चार्ज ४४ जना भएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । यो संगै दाङमा अहिले सम्म संक्रमितको संख्या २ सय ८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार