प्रतिष्ठानले सोमबारदेखि सेवा दिदै

Author Logo..
अनलाइन राप्ती २०७७ असार ७ गते आइतवार

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रोकिएको स्वास्थ्य उपचार सेवा सोमबारदेखि सञ्चालनमा आउने भएको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि २ दिनदेखि बन्द भएको स्वास्थ्य सेवा सोमवारदेखि सञ्चालनमा आउने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । स्वास्थ्यकर्मीलाई संक्रमण देखिएसँगै अस्पताल २ दिनका लागि बन्द गरिएको थियो

। २ दिन बन्द भएको स्वास्थ्य सेवा भोलीदेखि सुरुवात गर्न थालेको विज्ञप्ती जारी गर्दै प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए । सोमवारदेखि आकस्मीक सेवा, मेडिसिन ओ.पी.डी सेवा, इ.एन.टी ओ.पी.डी सेवा , छाला तथा यौन रोग ओ.पी.डी, रेडियोलोजी, डेन्टल ओ.पी.डी, फिजियो थेरापी, बाल रोग र माइनर ओटी सेवा सुचारु गर्न थालेको उनले जानकारी दिए ।

कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको समेत उनले जानकरी दिए । प्रतिष्ठानमा अहिले सम्म चिकित्सक, स्वास्थ्यकर्मी ५ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कका आधारमा १२ जना चिकित्सक, ५१ जना स्वास्थ्यकर्मी र कर्मचारी गरी ६३ जना कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । प्रतिष्ठानमा कार्यरत रोल्पाका २५ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा आइतवार कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार